Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • विश्वकप लिग-२ को अन्तिम तयारी गर्न नेपाली टोली श्रीलंकातर्फ

    विश्वकप लिग-२ को अन्तिम तयारी गर्न नेपाली टोली श्रीलंकातर्फ

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 243
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय सिरिजको अन्तिम तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ।

    भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आज श्रीलंका प्रस्थान गरेको हो। त्यहाँ नेपालले श्रीलंकाको डेभलवमेन्ट टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ।



    नेपालले मंगलबार, शुक्रबार र शनिबार अभ्यास खेल खेल्ने कार्यक्रम छ। त्यसका लागि नेपाली टोलीमा १९ खेलाडी छनोट भएका छन्।



    श्रीलंका जाने टोलीमा कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन्। क्यानडाको ग्लोबल टी-२० खेल्न गएका उनीहरु उतैबाट टोलीमा मिसिनेछन्।

    नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।

    नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

    क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ‌ओमानबीच प्रतिस्पर्धा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार