Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • वर्तमान सरकार स्थायित्वका लागि गठन भएको हो : अर्थमन्त्री पौडेल

    वर्तमान सरकार स्थायित्वका लागि गठन भएको हो : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 129
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार स्थायित्वका लागि गठन भएको बताएका छन्।

    नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।



    उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताए।



    अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए।

    अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए।

    सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार