Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाए, विकासका हरेक सूचक ध्वस्त भए : उपेन्द्र यादव

    कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाए, विकासका हरेक सूचक ध्वस्त भए : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 381
    SHARES

    जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने टिप्पणी गरेका छन् ।

    जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए ।



    यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार