Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • आईजीपीविरुद्ध अशोभनिय अभिव्यक्ति दिएपछि सञ्चारमन्त्री विवादमा

    आईजीपीविरुद्ध अशोभनिय अभिव्यक्ति दिएपछि सञ्चारमन्त्री विवादमा

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 5.8K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षकविरुद्ध अशोभनिय अभिव्यक्ति दिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा तानिएका छन् ।

    प्रहरी समायोजनमा सहयोग नगरेको र सरकारको नीतिको विपक्षमा बोलेको भन्दै महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति उनले दिएका हुन् ।



    प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् । कर्मचारी तथा प्रहरी समायोजनमा ढिलाई भइरहेको विषयमा बोल्दै यसरी उनले अमर्यादित भाषा प्रयोग गरेका हुन् ।



    ‘निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ । त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ। प्रहरीको आईजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ गर्छ। त्यस्तो बोल्न पाउने कि नपाउनेरु त्यस्को जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी,’ उनले भने,‘सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा सस्थाको प्रमुखले बोल्न पाउँदैन नि । उहाँले ल्याउँदै ल्याउँदिन प्रहरी ऐन भन्ने टाइपको बोलेको रे भन्ने सुनेको मैले ।’

    सरकारका प्रवक्ता समेत रहेका गुरुङले पदीय मर्यादा समेत बिर्सिएर आईजीपीविरुद्ध बोलेपछि धेरैले आश्चर्य मानेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार