Online Nepal
  • बुधबार, २ असोज २०८१
  • स्पिनिङ मिल्ससँगको सेटिङ बाहिरिएपछि पुनः अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

    स्पिनिङ मिल्ससँगको सेटिङ बाहिरिएपछि पुनः अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 759
    SHARES

    काठमाडौं । नेपाल रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन (आइपिओ) प्रकरणको अनुसन्धानमा नेपाल धितोपत्र बोर्डदेखि प्रहरीसम्म विवादमा मुछिएका छन् ।

    व्यापारीको दबाबमा परेर फितलो छानबिन गरी उन्मुक्ति दिएपछि थप छानबिनको माग भएको छ । गृहमन्त्री रमेश लेखकले समेत यसमा सेटिङको आशंका गर्दै थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।



    शुक्रबार गृह मन्त्रालयमा भएको कार्यक्रममा पत्रकारहरुकै अगाडि उनले सो अनुसन्धानमा प्रश्न उठेको भन्दै पुनः छानबिन गर्न निर्देशन दिएका हुन् ।



    सो कम्पनीले फर्जी कागजपत्र पेस गरी उच्च मूल्यमा आइपिओ जारी गरेको थियो । तर, विवादपछि हाल स्थगित छ । कृत्रिम नाफा देखाएर न्यूनतम शेयर मूल्य उच्च राखेर आइपिओ जारी गरिएको थियो ।

    जून तथ्य विषय बाहिर आएपछि स्थगन भयो भने विभिन्न निकायले छानबिन थालेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत अनुसन्धान अघि बढायो ।

    तर, एक महिना नपुग्दै उसले अनुसन्धानमा मुल्तबीमा राखेपछि प्रश्न उठेको थियो । सोही कारण गृहमन्त्री लेखकले थप छानबिन गर्न भनेका हुन् । सो कम्पनीका मालिक पवन गोल्यानले छानबिन रोकाउन व्यापक चलखेल गरेका थिए ।

    नेपाल धितोपत्र बोर्डले समेत प्रारम्भिक छानबिन गरेको थियो । कम्पनीलाई क्लिनचिट दिने गरी छानबिन प्रतिवेदन बनाएको छ । कमजोरी देखाउँदा बोर्डमाथि नै प्रहरीले अनुसन्धान गर्न सक्ने भएकाले कर्मचारी समेत मिलेका छन् ।

    कतिसम्म भने सो कम्पनीले नेपाल बिद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता समेत लुकाएर लेखा परीक्षण गराएका थियो । सो खुलेपछि प्राधिकरणले समेत आइपिओ रोक्न पत्राचार गरेको थियो ।

    तर, सो कम्पनीले नेपाल बिद्युत् प्राधिकरणलाई समेत बक्यौता तिरेको छैन । जबकि प्राधिकरणले बोर्डमा पठाएको पत्रअनुसार कम्पनीको बक्यौताबापतको दायित्व एक अर्ब ९४ करोड छ ।

    बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाको दरले रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गरेको थियो ।

    सुरुको तीन महिनामा करिब एक रुपैयाँ प्रतिशेयर आम्दानी भएको सो कम्पनीले पछिल्लो नौ महिनामा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा बनाएर सर्वसाधारणलाई ठग्ने प्रयास गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार