Online Nepal
  • बुधबार, २ असोज २०८१
  • रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

    रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 447
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको छ ।

    क्षेत्रीय अधिकारीका अनुसार एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकोप्टर बेपत्ता भएको हो ।



    कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समयानुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्कविच्छेद भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।”



    रुसी अधिकारीका अनुसार, अरू हेलिकोप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार