Online Nepal
  • बुधबार, २ असोज २०८१
  • सञ्चारमन्त्री गुरुङले भने – देउवा र ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्छ

    सञ्चारमन्त्री गुरुङले भने – देउवा र ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्छ

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 303
    SHARES

    पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्ने बताएका छन्।

    कास्कीको पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।



    सञ्चारमन्त्री गुरुङले भने,‘देउवा र ओलीको सम्बन्ध बिग्रियो भने मात्र सरकार ढल्छ। नत्र उहाँहरू मिलिञ्जेल सरकार चलिरहन्छ । यहाँ ३२ सिटको म्याजिक नम्बरले दुइटै नेतालाई ठगेको हुनाले हामी ठगियौँ भन्ने दुवै नेताले बुझेका छन्।’



    उनले माओवादी केन्द्रबाट धोका पाएको कुरा देउवा र ओलीले बुझेकाले पनि सरकार सञ्चालनमा समस्या नआउने बताए।

    उनले दक्षिण एसियामा सधैँ नकारात्मक कुराले ठाउँ पाउने र झगडाको विषय मात्र उठाउने गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार