Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मुख्य सचिव नियुक्ति तरंग : सचिव भट्टराईले पनि दिए राजीनामा

    मुख्य सचिव नियुक्ति तरंग : सचिव भट्टराईले पनि दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 2.5K
    SHARES

    काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।

    मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै तेस्रो वरियतामा रहेका भट्टराईले राजीनामा बुझाएका हुन् । स्रोतकाअनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ ।



    यसअघि पहिलो वरियतामा रहेका योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए ।



    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो वरीयताका सचिव हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार