Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कनिष्ठलाई मुख्य सचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

    कनिष्ठलाई मुख्य सचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 3.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

    मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।



    सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।



    मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको बताइएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो वरीयताका सचिव हुन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो नम्बरमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार