Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कालोपुलबाट पक्राउ परे प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भन्दै लुटपाट गर्ने तामाङ

    कालोपुलबाट पक्राउ परे प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भन्दै लुटपाट गर्ने तामाङ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 729
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको  इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाँउपालिका-४ स्थायी घर भई हाल काठमाडौंको कालोपुल बस्ने मिङमार तामाङलाई पक्राउ गरेको हो।



    तामाङले तिर्थ लाल तामाङलाई आफु प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्स्पेक्टर हुँ भन्दै १ सुनको सिक्री र नगद ६७ हजार लिएर फरार भएका थिए ।

    तामाङले ठगी गरेको सुनको सिक्री खरिद गर्ने गंगबु स्थित बाग्लुङ भगवती सुन चाँदी पसलका संचालक बलबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले तामाङको साथबाट लुटपाट गर्न प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाईकल बरामद गरेको छ ।

    उनले प्रयोग गर्ने २२० सिसिको पल्सर मोटरसाईकल पनि चोरीको रहेको प्रहरीले जनाएको छ ।

    तामाङले सोही प्रकृतिबाट अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भन्दै काठमाडौं उपत्यका अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा थप ८ वटा निवेदन परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार