Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 1.4K
    SHARES

    फाइल फोटो

    काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

    काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई बिहीबार साँझ ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।



    सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    कार्यालयका अनुसार नाम नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार