Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

    राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 375
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्दैछ ।

    राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको धुम्बाराहीमा बिहान साढे ९ बजे बैठक उद्घाटन गर्न लागेका हुन् ।



    बैठकमा पार्टीले लिएका नीतिहरूबारे सल्लाकारहरूले आफ्नो धारण दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको बताइएको छ ।



    सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने छ ।

    संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार