Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

    पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 399
    SHARES

    फाइल तस्विर

    पाँचथरपाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको फालेलुङ-५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको हो ।



    जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै एकै घरमा दाजुबिहिनी हुन् । 



    दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

    बिहीबार आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए ।

    अझै दुई जना घाइते छन् । घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार