Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विश्वकपमा सहभागी क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने क्यानको निर्णय

    विश्वकपमा सहभागी क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने क्यानको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 453
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

    क्यानको बिहीबार सम्पन्न बैठकले वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।



    यस्तै सहयोगी कर्मचारीहरुलाई जनही एक लाख ५० हजार रुपैयाँका दरले दिने निर्णय भएको छ ।



    यसैगरी हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजारका दरले तलब दिने क्यानले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार