Online Nepal
  • बुधबार, २ असोज २०८१
  • चुमभ्यालीबाट बिदाइ भए प्रकाश, साहुले पारिश्रमिक स्वरूप १० लाख दिने

    चुमभ्यालीबाट बिदाइ भए प्रकाश, साहुले पारिश्रमिक स्वरूप १० लाख दिने

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 3.5K
    SHARES

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा अवस्थित चुमभ्यालीबाट प्रकाश तामाङ (काले मोक्तान) बिदाइ भएका छन् ।

    चुमभ्यालीमा तीन दशकभन्दा बढी बिताएका प्रकाश बिहीबार भोजपुरका लागि हिँडेका हुन् । उनी काठमाडौँ हुँदै भोजपुर जानेछन् ।



    उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाइ गरे । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ नामक कथा प्रकाशन भएपछि प्रकाश चर्चामा छन् ।



    प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् भने गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । प्रकाश काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउन निर्देशन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार