Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • एआईजी ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीश सुवेदीको इजलासमा

    एआईजी ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीश सुवेदीको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 741
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटको पेशी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेशी तोकिएको हो ।



    उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाश कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए।



    एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका थिए ।

    निवेदकहरूले उमेरहदका कारण अवकाश नगर्न माग गरेका छन् ।

    प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ ।

    उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार