Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या गरेको आशंकामा एकजना समातिए

    अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या गरेको आशंकामा एकजना समातिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एकजना संदिग्ध पक्राउ परेका छन् ।

    संदिग्ध व्यक्तिलाई बुधबार राति ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिको पहिचान भने नखुलेको न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासले उल्लेख गरेको छ ।



    संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ ।



    प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो । सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खबरमा उल्लेख छ ।

    भोजपुरकी २१ वर्षे मुना एफ–१ भिसामा २०२१ मा अमेरिका पुगेकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

    अपार्टमेन्टका कर्मचारीले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको छातीमा गोली लागेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार