Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या गरेको आशंकामा एकजना समातिए

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या गरेको आशंकामा एकजना समातिए

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एकजना संदिग्ध पक्राउ परेका छन् ।

संदिग्ध व्यक्तिलाई बुधबार राति ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिको पहिचान भने नखुलेको न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासले उल्लेख गरेको छ ।

संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ ।

प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो । सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खबरमा उल्लेख छ ।

भोजपुरकी २१ वर्षे मुना एफ–१ भिसामा २०२१ मा अमेरिका पुगेकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

अपार्टमेन्टका कर्मचारीले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको छातीमा गोली लागेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077