Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 195
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

    पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक बिहान ११ बजे बस्न लागेको हो ।



    नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने बताइएको छ ।



    पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

    केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार