Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • एक करोड ५ लाख बढीको सुन र चाँदीसहित बाँकेबाट चार जना पक्राउ

    एक करोड ५ लाख बढीको सुन र चाँदीसहित बाँकेबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 315
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध सुन र चाँदीसहित ४ जनालाई पक्राउ गरेको छ ।

    सुराकीको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो।



    पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। प्रहरीले उनीहरुको साथबाट ३४ तोला सुन र साढे १० केजी चाँदी बरामद गरेको छ।



    पक्राउ पर्नेमा बर्दिया राजपुर नगरपालिका ८ का नेपाली थारु, राजपुर–४ का निमप्रकाश सुनार,नेपालगञ्ज उपमहानगरपालिका–११ का राहुल सोनार र राप्ती सोनारी गाउँपालिका–४ का ओमजङ्ग चौधरी रहेका छन् ।

    अवैध रूपमा सुनको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले नेपाली थारुले चलाएको ०३०१–०२४ च ६७६३ नम्बरको कारलाई फेला पारेको थियो।

    त्यसैक्रममा उनको कारलाई रोकेर जाँच गरेको थियो। कारमा सवार निमप्रकाश सुनारबाट सुरूमा ६७ ग्राम सुन र राहुल सोनारबाट १७२ ग्राम चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले ओमजंगलाई पनि पक्राउ गरेको हो। ओमजंङ पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढसमेत रकेो प्रहरी अनुस्धानबाट खुलेको छ ।

    उनलाई पक्राउ गरी कारखाना पुगेर प्रहरीले थप सुन र चाँदी बरामद गरेको हो। कारखानाबाट ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

    बाँके प्रहरीकाअनुसार उनीहरूबाट कुल ४०७ ग्राम अर्थात ३४ तोला सुन र १० किलो ६१३ ग्राम चाँदी बरामद भएको हो।

    बरामद सुन र चाँदीको बजार मूल्य करिब एक करोड ५लाख ३३ हजार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार