Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

    कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 207
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा लक्ष्यअनुसार राजस्व उठाउनुपर्ने बताएका छन्।

    अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरे।



    गृहमन्त्री लेखकले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिए ।

    उनले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न निर्देशन दिए ।

    लक्ष्यअनुसार राजस्व नउठेको भन्दै गृहमन्त्री लेखकले भने,’लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ । त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्यक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

    राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्धन्द्धमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकले बताए ।

    मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई छ ।

    जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए ।

    गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे ।

    यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकषर्ण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार