Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • धनगढी विमानस्थलमा भीड व्यवस्थापनमा प्रहरी चुक्यो, प्रचण्डको गाडीमा आरजुलाई राखियो !

    धनगढी विमानस्थलमा भीड व्यवस्थापनमा प्रहरी चुक्यो, प्रचण्डको गाडीमा आरजुलाई राखियो !

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 6.8K
    SHARES

    कैलाली । हाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवा सुुदूपश्चिममा छन् । उनीहरु दुवैजना छुट्टा छुट्टै कार्यक्रमका लागि एउटै विमानमार्फत बुधबार बिहान धनगढी ओर्लिका थिए ।

    पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी हुन यहाँँ आएका थिए । यस्तै मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आएकी थिइन् ।



    उनीहरु दुबै जनालाई स्वागत गर्न बिहानैदेखि नेता कार्यकर्ताको विमानस्थलमा बाक्लो उपस्थिती रहेको थियो । पूर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री आरजुलाई ल्याउन विमानस्थलसम्म गाडीको व्यवस्था गरिएको थियो । उनीहरुको लागि अलग अलग गाडी थियो ।



    नेताहरुका गाडी पनि त्यहाँ पुगेका थिए । कार्यकर्ताहरुले पनि विमानस्थलको कार्यालय परिसर भरिभराउ थियो । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा समस्या नै भएको देख्न सकिन्थ्यो । सोही क्रममा त्यहाँ रमाइलो घटना भएको थियो ।

    दुवैजना एयरपोर्ट ओर्लिएपछि परराष्ट्रमन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइएको थियो भने अध्यक्ष प्रचण्डलाई पछि बाहिर ल्याइएको थियो । उनीहरुका लागि त्यहाँ अलग अलग गाडीको व्यवस्था पनि थियो ।

    तर सर्मथकहरुको बाक्लो भीडका कारण प्रहरीले हतार हतारमा गाडीतर्फ मन्त्री आरजुलाई लग्यो । तर उनलाई चढाएको गाडी अध्यक्ष प्रचण्डको लागि राखिएको थियो । हतारिएको प्रहरी पछि मात्रै त्यो गाडी अध्यक्ष प्रचण्डको लागि तयारी अवस्थामा राखिएको थाहा पायो ।

    लगत्तै परराष्ट्रमन्त्री आरजुलाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा राखिएको थियो । त्यस बेला कुन गाडी कसका लागि तयारी अवस्थामा राखिएको भन्नेबारे प्रहरी बिर्सिएको थियो ।

    त्यस क्रममा नेता कार्यकर्ता आश्चर्यमा परेका थिए । यस घटनाले भीड व्यवस्थापनमा खटिएको प्रहरी प्रशासन चुकेको प्रस्ट भएको छ । त्यसको केही मिनेट पछि अध्यक्ष भीआईपी कक्षबाट बाहिरिएका थिए ।

    प्रचण्ड पूर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री आरजु आउने भएपछि विमानस्थलमा कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको थियो ।

    उनीहरु दुवैजना आउने भएपछि कैलालीमा सुरक्षा सतर्कता बढाइएको थियो । धनगढी विमानस्थलदेखि ६ लेन सडकखण्ड हुँदै सबैतिर सुरक्षाकर्मी परिचालन गरिएका थिए । केही दिनअघि मात्रै मन्त्री आरजु निवासको अगाडी बम भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार