Online Nepal
  • बुधबार, २ असोज २०८१
  • आज धनगढी आउँदै परराष्ट्रमन्त्री आरजु र प्रचण्ड, सुरक्षा व्यवस्था कडा !

    आज धनगढी आउँदै परराष्ट्रमन्त्री आरजु र प्रचण्ड, सुरक्षा व्यवस्था कडा !

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 2.3K
    SHARES

    कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवा आज धनगढी आउँदै छन् ।

    पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आउन लागेका हुन् ।



    उनीहरु अहिले बिहान बिहान नियमित उडानमार्फत धनगढी अवतरण गर्ने कार्यक्रम छ । माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । सो बैठक दुई दिनसम्म चल्ने छ ।



    बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

    पूर्व प्रधानमन्त्री प्रचण्ड र मन्त्री आरजु धनगढी आउने भएपछि कैलाली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । हिजो मात्रै प्रहरीले मन्त्री आरजुविरुद्ध स्टाटस लखेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको थियो भने नेकपा बहुमत निकट ६ जनालाई पनि पक्राउ गरेको थियो ।

    असन्तुष्ट पक्षले धनगढीमा मन्त्री आरजुलाई कालो झण्डा पनि देखाउने बुझिएको छ । केही दिनअघि मात्रै मन्त्री आरजु निवासको अगाडी बम भेटिएको थियो । त्यसपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार