Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सन् २०२५ मा २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया जान पाउने

    सन् २०२५ मा २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया जान पाउने

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । अस्ट्रेलियाले सन् २०२५ मा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ ।

    घोषणाअनुसार अस्ट्रेलियाले आउँदो नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार, व्यावसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार जना अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिने भएको हो ।



    शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने बताए ।



    उनले निर्धारित सीमाहरू संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार