Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • पहिलो राष्ट्रिय भेलाका लागि रास्वपाले बनायो १४ उपसमिति

    पहिलो राष्ट्रिय भेलाका लागि रास्वपाले बनायो १४ उपसमिति

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो ।

    प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानून, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।



    त्यसैगरी बुथ व्यवस्थापन, साँस्कृतिक कार्यक्रम तयारी, मिडिया संयोजन, दस्तावेजसम्बन्धी, आईटी व्यवस्थापन र राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाइएको छ ।



    पहिलोपटक गर्न लागिएको भेलामा देशभरबाट १४ सय हारहारी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार