Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • नेकपा एसको पोलिटब्यूरोमा २०२ जनाको उम्मेदवारी, महिला उपाध्यक्षमा झाँक्री र राईको भिडन्त

    नेकपा एसको पोलिटब्यूरोमा २०२ जनाको उम्मेदवारी, महिला उपाध्यक्षमा झाँक्री र राईको भिडन्त

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 465
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ ।

    पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो ।



    वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएकाले उनी पोलिटब्यूरो स्वतः भए । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएर पाण्डेलाई निर्विरोध बन्न सहयोग गरेका हुन् ।



    महिला उपाध्यक्ष पदमा भने नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार यी दुई नेतृबिच भिडन्त पक्का भएको हो ।

    त्यसैगरी उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी रहँदा खुला उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्ष पदमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, साध्यबहादुर भण्डारीलगायतको उम्मेदवारी परेको छ ।

    बाँकी १०४ जना पोलिटब्यूरोका निम्ति चुनाव हुनेछ ।

    यस्तो छ पोलिटब्यूरोमा २०२ जना उम्मेदवारको सूची (सूचीमा उल्लेख भएकामध्ये वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार