Online Nepal
  • बुधबार, २ असोज २०८१
  • डेडिकेटेड र ट्रंकलाइन विवाद : प्रचण्ड भन्छन्–नियत सही भएको प्रधानमन्त्री भए क्याविनेटमा प्रश्न गर्नुपर्छ फेसबकुमा होइन

    डेडिकेटेड र ट्रंकलाइन विवाद : प्रचण्ड भन्छन्–नियत सही भएको प्रधानमन्त्री भए क्याविनेटमा प्रश्न गर्नुपर्छ फेसबकुमा होइन

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 144
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड र ट्रंकलाइन २२ अर्ब बक्यौता उठाउने निर्णय न्त्रिपरिषद‍्बाट गर्न सरकारलाई चुनौती दिएका छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रस्ताव गरेर नभइ मन्त्रिपरिषद्बाट निर्णय गर्न चुनौती दिए ।



    उनले भने–‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो । प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’



    उनले क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले प्रधानमन्त्री ओलीको नियत राम्ररी बुझ्ने बताए । प्रधानमन्त्री ओलीले पैसा उठाउन लाइन काटिएका उद्योगमा बिजुली जोड्न निर्देशन दिएको उनको भनाइ छ ।

    उनले भने–‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीन–तीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’

    प्रचण्डले प्रधानमन्त्री ओलीमाथि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनका लागि मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेर अहिले पानीमाथिको ओभानो बन्न खोजेको आरोप पनि लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार