Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी

    १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 192
    SHARES

    काठमाडौं । संसदीय समितिको बैठकमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरु खोलिएको छ । समितिको मंगलबार बसेको बैठकमा विभिन्न प्रस्ताववित राजदूतविरुद्ध ९ वटा उजुरी परेको हो ।

    प्रस्तावित राजदूतबारे सैद्धान्तिक छलफलपछि उजुरी खोलिएको हो । साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो ।



    तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा मात्र सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएको थिएन ।



    समितिका अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् ।

    राजदूतबारे सैद्धान्तिक छलफलमा सांसदहरुले राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको विषयमा असन्तुष्टि जनाएका छन् ।

    समितिमा छलफल सुरु हुँदा सांसदहरूले समानुपातिक–समावेशिताको कुरा उठाएका हुन् ।

    सांसद प्रकाश अघिकारी, जीवन परियार, पशुपती शमशेर जबरा, आनन्द ढुङ्गाना, ईश्वरी घर्ती, लीलानाथ श्रेष्ठ र जनार्दन शर्माले राजदूत सिफारिस समावेशी नभएको गुनासो गर्दा सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद महेश बर्तौला र नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले भने त्यसको बचाउ गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार