Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चौरपाटीको राधाकृष्ण मन्दिरमा आज कृष्ण जन्माष्टमी मेला

    चौरपाटीको राधाकृष्ण मन्दिरमा आज कृष्ण जन्माष्टमी मेला

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 2.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको छ । गाउँपालिकाको वडा नम्बर १ गैरिलेक बजारमा मेला लाग्ने भएको हो ।

    गैरिलेक बजारमा रहेको राधाकृष्ण मन्दिरमा हरेक वर्ष पूजा आराधना गरी मेला लाग्ने गरेको छ । यहाँ कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको भिड लाग्ने गरेको छ ।



    सो मन्दिरमा हिजो विहानैदेखि भक्तजनहरुले पूजा आराधना गरेका थिए । सो मेला व्यवस्थापनका लागि दान बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय समिति पनि गठन गरिएको छ ।



    यसअघि आइतबार सो मन्दिर परिसरमा सरसफाई पनि गरिएको थियो । रथ यात्रा चौरपाटी बजारसम्म पुग्ने छ । मेलाको सम्पूर्ण तयारी भइसकेको बताइएको छ ।

    यहाँ चौरपाटीका विभिन्न वडा र डोटी लगायतका ठाउँबाट मेला भर्न आउने गरेका छन् । यस्तै वडा नम्बर ४ पायल लगायत पालिकाभित्र रहेका विभिन्न राधाकृष्ण मन्दिरमा मेला लाग्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार