Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • धान गोड्ने बेला चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

    धान गोड्ने बेला चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    सोमबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका-३ माढीमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया छलिमाया थिङको मृत्यु भएको हो ।



    खेतमा धान गोड्दै गरेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



    सोही स्थानमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया लुकुमाया रुम्बा र उनकी १८ वर्षीया छोरी सुशीला रुम्बा घाइते छन् ।

    उनीहरूलाई मकवानपुर जिल्लास्थित लामा पोलिक्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार