Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • आफूविरुद्ध नारा लागेपछि प्रधानमन्त्री ओलीले भने – नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए

    आफूविरुद्ध नारा लागेपछि प्रधानमन्त्री ओलीले भने – नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिए

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

    काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताए ।



    प्रधानमन्त्री ओलीले भने,‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन।’

    प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा टुँडिखेलमा नाराबाजी भएको थियो ।

    नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार