Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ऊर्जाशील प्रधानमन्त्रीको नेतृत्वमा हामी केही गरेरै छोड्छौँ : गृहमन्त्री लेखक

    ऊर्जाशील प्रधानमन्त्रीको नेतृत्वमा हामी केही गरेरै छोड्छौँ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 264
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले काम गर्नैका लागि बनेको सरकारले नतिजा दिएरै छोड्ने दाबी गरेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लेखकले केही काम गर्ने हुटहुटीले सरकार बनेको भन्दै यसले नतिजा दिएरै छोड्ने बताए।



    गृहमन्त्री लेखकले भने,‘हामी नेता उहीँ हौँ । छलफल हामीबीच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौं । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्ने छौँ ।’

    सुशासन र स्थिरताको लागि कांग्रेस र एमाले मिलेर सरकार बनेको पनि गृहमन्त्री लेखकले प्रष्ट्याए । कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको पनि बताए ।

    १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्नु स्थिर सरकारको सन्देश भएको गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार