Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

    प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् ।

    प्रधानमन्त्री ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका हुन्।



    २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।



    लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।

    त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

    भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।

    यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार