Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • मुग्लिन-आँबुखैरेनी सडक आज चार घण्टा बन्द हुने

    मुग्लिन-आँबुखैरेनी सडक आज चार घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ ।

    आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार दुर्घटना भएको भारतीय बस निकाल्न सोमबार बिहान ६ः३० देखि चार घण्टा सडक अवरुद्ध हुन लागेको हो ।



    राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।



    शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार