Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सर्बोच्चको न्यायाधीश बन्न नेताको घर धाउँदै कुँवर !

    सर्बोच्चको न्यायाधीश बन्न नेताको घर धाउँदै कुँवर !

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1.3K
    SHARES

    कमलपोखरीस्थित गगन थापाको सम्पर्क कार्यालयमा कुँवर

    काठमाडौं । सर्वोच्च अदालतको रिक्त चार न्यायाधीश पदका लागि दौडधूप शुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर पनि यो दौडमा लागेका छन् ।

    उच्च अदालत पोखराबाट विशेष अदालतमा आएका कुँवरलाई सर्वोच्चको न्यायाधीश नबनी भएको छैन । त्यसका लागि उनले नेताको घरदैलो अभियान समेत शुरु गरेका छन् ।



    काँग्रेस महामन्त्री गगन थापाको निवासमा पटक पटक पुगेका कुँवरले सो पार्टीका उच्च नेताहरुसँगको भेटघाटलाई बाक्लै बनाएको स्रोत वताउँछ ।



    न्यायाधीशले नेताहरुको घरदैलो धाउन आचारसंहिताले दिँदैन तर पद प्राप्तिका लागि कुँवरको दौडधूप भने रोकिएको छैन ।

    यसअघिका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र कानुन मन्त्री पदम गिरीलाई सर्वोच्च छिर्नकै लागि पटक पटक भेटघाट गरेको स्रोतको दाबी छ ।

    तत्कालीन कानुनमन्त्री धनराज गुरुङलाई खुसी पारी विशेष अदालतको न्यायाधीश भएको आरोप उनीमाथि लागेको छ । अहिलेका कानुनमन्त्री अजय चौरसियालाई पनि प्रभावमा पार्न उनले काँग्रेसका नेताहरु शेखर कोइराला र गगन थापालाई प्रयोग गरेको स्रोतको दाबी छ ।

    कुँवर विशेष अदालत छिरेपछि भ्रष्टाचारका ठूला मुद्दामा सेटिङ गरेरै चाँडो टुंग्याएको, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियारलाई हराएको आरोप छ ।

    राष्ट्रिय सूचना प्रबिधि केन्द्रबाट राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) खरिद प्रकरणम ठाडै २५ करोड भ्रष्टाचार भएको भए पनि त्यसमा मुछिएका सचिव मधु मरासिनीसमेतलाई आर्थिक चलखेलमै ७ महिनामै फास्ट ट्रय्राकमा टुंग्याइएको स्रोतको दाबी छ ।

    त्यसैगरी गोदावरी नगरपालिकाको क्रसर सम्बन्धी अरवौंको मुद्दा संवैधानिक व्याख्या गर्दै फास्टट्रय्राकमा टुंग्याएको छ ।

    अध्यक्ष कुँवर संलग्न न्यायाधीशको टिमले उक्त प्रकरणमा आर्थिक लेनदेन गरेको आरोप छ । क्रसरका ठेकेदारमार्फत् उक्त रकम उठाएर बिचौलियामार्फत् न्यायाधीश कुँवरलाई बुझाइएको स्रोतको दाबी छ ।

    त्यसैगरी नगर विकास समितिका तत्कालीन सदस्य तथा साझा सहकारी भोटाहिटीको पूर्वअध्यक्ष जयनारायण खड्का प्रतिवादी रहेको जग्गा एकीकरण आयोजनाको मुद्दामा प्रक्रिया नै छोट्याएर छोटो समयमै खड्काकै पक्षमा फैसला गरिएको छ ।

    यस प्रकरणमा दुई करोड भन्दा बढीको लेनदेन भएको स्रोतको दाबी छ । कलंकीमा ३ रोपनीमा उनले भव्य बंगला बनाएका छन् भने अन्य स्थानमा थुप्रै जग्गा जमिन आफू र आफन्तको नाममा जोडेको आरोप छ ।

    उनले अदालतभित्र सुशासन कायम गर्न जतिसुकै कदम चालेको हुँकार गरे पनि पेशी राख्न, आदेश लिन, प्रतिवादीसँग बयान लिने पालो मिलाउन, प्रतिवादीको बयान पेनड्राइभमार्फत् बुझाउनका लागि हरेक सेवाग्राहीबाट विशेषका कर्मचारीले रकम असुल्ने गरेको र त्यसको केही हिस्सा अध्यक्ष कुँवरले समेत लिएको बताइन्छ ।

    फैसला भएको लामो समयसम्म पनि पूर्णपाठ नदिने र पूर्ण पाठका लागि चलखेल गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

    ज्येष्ठता मिचेर तत्कालीन कानुनमन्त्री धनराज गुरुङ पनि गण्डकी प्रदेशकै भएका कारण सेटिङकै आधारमा विशेष अदालतमा अध्यक्ष पदमा नियुक्त भएका कुँवरले ३० हजारको मुद्दामा साधारण खरदार र सुब्बालाई भ्रष्टाचारी ठहर गर्ने तर अरबौं भ्रष्टाचार गरेको केशमा करोडौं लिएर भ्रष्टाचारीलाई उन्मुक्ति दिएका दर्जनौं दृष्टान्तहरु छन् । कुँवर आएपछि विशेष अदालतको छविमा कालोधब्बा लागेको छ ।

    विगतमा भूपध्वज अधिकारी अध्यक्ष, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबरा सदस्य हुँदाको कार्यकालमा भन्दा पनि विशेष अदालतको साख गिरेको चर्चा हुन थालेको छ ।

    उनीहरुको कार्यकालमा जसरी अख्तियारले दायर गरेको पर्याप्त आधार प्रमाणसहितका मुद्दामा सफाइ दिइएको थियो, त्यसैगरी अहिले कुँवरले अरबौं भ्रष्टाचारका मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै आर्थिक चलखेलमा फाष्टट्रयाकमा सफाइ दिएको आरोप छ ।

    १०–२० हजार घुस लिने खरिदार सुब्बाहरुलाई हराइदिएका छन् । अरबौं भ्रष्टाचारका मुद्दामा फाष्टट्रयाकमा दिएको सफाइले पनि कुँवरको कार्यकाल चोलेन्द्रहरुको भन्दा पनि विवादित बनेको छ ।

    कुँवरका कारण विशेष अदालतको छविमा दाग लागिसकेको अनुभव बरिष्ठ अधिवक्ताहरुले गर्न थालेका छन् । गएको साउन ३० गते क्वालिटी बैंक्वेट बुद्धनगरमा उच्च अदालत पाटन बारको चुनावका बारेमा भएको पीपीएलए र आरपीपीएलए सम्बद्ध कानुन ब्यवसायीहरुको भेलामा बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले विशेष अदालत बारका अध्यक्षदेखि पदाधिकारीहरुतर्फ इंगित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्र पेनड्राइभमा कपी गरी ५० हजार रुपैयाँमा बिक्री गरेको गम्भीर आरोप लगाएका थिए ।

    यसरी आरोपपत्र पेनड्राइभमा दिने काममा विशेषका अध्यक्ष कुँवरकै मिलेमतोमा मात्र संभव हुने उनको आसय थियो । उनीमात्रै होइन विशेष अदालतका सदस्य न्यायाधीश रामबहादुर थापाले त संस्थागत रुपमै बिचौलिया पालेको आरोप छ ।

    यसअघि वीरगञ्ज उच्च अदालतमा बसिसकेका थापा दरबारमार्गका होटलमा बिचौलिया र मुद्दाका पक्षसँग खानपिन र उठबस गरी सेटिङ गर्ने गरेको आरोप छ । रेटै तोकेर खाने गरेका थापाले विचौलियामार्फत् पैसा बुझ्ने गरेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार