Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सशस्त्र प्रहरीमा के हुन्छ ३० वर्षे सेवाहद ?

    सशस्त्र प्रहरीमा के हुन्छ ३० वर्षे सेवाहद ?

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा तत्कालका लागि ३० वर्षे सेवाहद कार्यान्वयन रोकिएको छ ।

    सेवाहदको प्रावधान रहेको सशस्त्र प्रहरी बलमा पनि यसको तरंग पुगेको छ । सशस्त्र प्रहरीमा पनि आगामी १६ भदौदेखि दुई डिआइजीसहित १७ सिनियर अधिकृतले अवकाश पाउँदैछन् ।



    डिआइजीहरु अभिकुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई, एसपी हर्क साउद लगायतले अवकाश पाउदैछन् । उनीहरु २०५१ सालमा नेपाल प्रहरीमा असइमा भर्ना भई पछि सशस्त्रमा स्थानान्तरण भएका अधिकृतहरु हुन् ।



    नियमावलीमा मात्र सेवाहदको प्रावधान रहेकेो र ऐनमा नै यसलाई समेट्न विगतमा दिइएका निर्देशनात्मक आदेश कार्यान्वायन नगरेको भन्दै नेपाल प्रहरीमा सर्वोच्च अदालतले तत्काल सेवाहदका आधारमा अवकाश नदिन भनेको छ ।

    जसकारण नेपाल प्रहरीका करिब एक सय अधिकृतको जागिर लम्बिएको छ । सशस्त्र प्रहरीका केही अधिकृत पनि कानून परामर्शमा लागेका छन् ।

    यसको पूर्ण सुनुवाई १० असोजदेखि सुरु हुनेछ । अन्तरिम आदेश दिएको मुद्दामा सामान्यतया अन्तिम फैसलामा कमै उल्टिएका छन् ।

    जसकारण प्रहरीमा अब सेवाहद हट्ने सम्भावना छ । यद्यपी ३० वर्षे सेवाहद हट्दा घाटा हुने प्रहरी टोलीहरु त्यसविरुद्ध दौडधुपमा लागिसकेका छन् । पूर्वप्रहरी अधिकारीहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् ।

    ३० वर्षे सेवाहदको नेपाल प्रहरीमा सकारात्मक प्रभाव पर्ने धेरैको टिप्पणी छ । तर, सशस्त्रमा भने अहिले नै बढुवाको जाम अवस्था रहेकोले ३० वर्षे सेवाहद तत्काल हटाउँदा झन् समस्या हुने जोखिम छ ।

    गृह मन्त्रालयको एक अध्ययन कार्यदलले नेपाल प्रहरीमा तत्काल र सशस्त्र प्रहरीमा २०८५ देखि सेवाहद हटाउन सिफारिस गरेको छ ।

    अब अदालतको पूर्ण फैसला आएपछि गृह मन्त्रालयले ऐनमार्फत सेवाहदबारे प्रष्ट प्रावधान राख्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार