Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ३ करोड बढीको अवैध लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ

    ३ करोड बढीको अवैध लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 198
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    ब्यूरोको टोलीले १ किलो ८८ ग्राम कोकिनसहित ठमेलको ज्याठास्थित एक होटलबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आईभोरीकोष्टका नागरिक वारामा कोन रहेका छन् ।



    उनलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको एक होटलबाट पक्राउ गरेको थियो । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्यूरोले जनाएको छ ।

    निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौनामा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो।

    बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर रहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

    कोनले उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    कोनमाथि उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार