Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • घुमाउनेमा भएको बस दुर्घटनामा सुदूरपश्चिमका १६ जना घाइते [नामावलीसहित]

    घुमाउनेमा भएको बस दुर्घटनामा सुदूरपश्चिमका १६ जना घाइते [नामावलीसहित]

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1.9K
    SHARES

    चितवन । नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका-२९, घुमाउनेमा आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।



    घाइते भएका १६ जना सुदूरपश्चिमका रहेको खुलेको छ । चितवन प्रहरीका अनुसार कन्चनपुरको भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट ,सोही ठाउँका २० वर्षीय दिपेश भट्ट , वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य , कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना , वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का , वडा नम्बर ९ का २५ वर्षीय भिमसेन सार्की ,भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् ।

    कैलालीको टिकापुर नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा, सोही ठाउँका १९ वर्षीय कैलाश वि.क , २७ वर्षीय कृष्ण विक , ३५ वर्षीया जयन्ती बि.क,गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् ।

    त्यस्तै बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा , दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम , बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली , डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने मध्यम छन् ।

    घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार