Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • कलभर्टमुनि मृत भेटिए वडाध्यक्ष यादव

    कलभर्टमुनि मृत भेटिए वडाध्यक्ष यादव

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1.2K
    SHARES

    महोत्तरी । महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा भेटिएका छन् ।

    यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् ।



    उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनाको सम्बन्धमा खबर पाएलगतै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार