Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

    पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 225
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतवार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ ।



    वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।



    उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार