Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रामेछाप लेकखर्क पहिरो : दुई जनाको मृत्यु, ८ बेपत्ता

    रामेछाप लेकखर्क पहिरो : दुई जनाको मृत्यु, ८ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1.2K
    SHARES

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

    वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर खसेको पहिरोले तीनवटा घर बगाएको थियो । सोही पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।



    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोबा अनुसार वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन् भने केही घरहरूमा क्षति पुगेको छ ।



    अहिलेसम्म दुईवटा शव निकालिएको र त्यसमा १ जना बालक रहेका उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार