Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले तीन घर बगायो, मान्छे पनि बेपत्ता भएको आशंका

    दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले तीन घर बगायो, मान्छे पनि बेपत्ता भएको आशंका

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 753
    SHARES

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति पहिरो घर बगाएको हो । प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ।



    मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन ।



    यता दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले पनि ४ वटा घर बगाएको र केहि बेपत्ता भएको जानकारी आएकाले घटनास्थलतर्फ आफू जाँदै गरेको जानकारी दिए ।

    पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार