Online Nepal
  • बुधबार, २ असोज २०८१
  • मर्स्याङ्दी बस दुर्घटना : भारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव

    मर्स्याङ्दी बस दुर्घटना : भारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 858
    SHARES

    चितवन । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव स्वदेश लगिएको छ ।

    भारतीय एयरफोर्सको जहाजबाट मृत्यु भएका २७ जनाको शव आज अपरान्ह महाराष्ट्रस्थित नासिक लगिएको हो ।



    चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।



    भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

    पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको ।

    ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका-२ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार