Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकका शव लैजान भारतका एक राज्यमन्त्री नेपाल आउँदै

    बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकका शव लैजान भारतका एक राज्यमन्त्री नेपाल आउँदै

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउने भएकी छिन् ।

    दुर्घटनाका घाइतेलाई भेट्न र मृतक शवहरू लिएर जान उनी काठमाडौं आउन लागेकी हुन् । स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी आज बिहान साढे १० बजे काठमाडौं आउने कार्यतालिका छ ।



    उनको साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने छन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।



    दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार