Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संविधान संशोधनमा प्रवेश गर्नुअघि समीक्षा गरौँ, विदेशसम्म तरंग पुग्यो : नेता सिटौला

    संविधान संशोधनमा प्रवेश गर्नुअघि समीक्षा गरौँ, विदेशसम्म तरंग पुग्यो : नेता सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 900
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र एमालेबीच भएको संविधान संशोधनको बुँदाले धेरैलाई तरंगित बनाएको बताएका छन् ।

    नेपाली कांगेसको गत साउन २३ देखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार नेता सिटौलाले सो कुरा बताएका हुन् ।



    उनले संविधान संशोधनमा प्रवेश गर्नुअघि कार्यान्वयनको समीक्षा गर्न प्रस्ताव गरे । कार्यान्वयनको समीक्षाबिनै संशोधनमा प्रवेश गरे त्यसले दुर्घटनामा पुर्‍याउने चेतावनी उनको छ ।



    “कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा रहेको संविधान संशोधनको बुँदाले धेरैलाई तरंगित बनाएको छ,” सिटौलाले भने, “त्यस्तो तरंग पार्टीभित्र पनि छ र पार्टीबाहिर पनि छ । देशभित्र स्वभाविक चासो छँदैछ । देश बाहिर पनि छ ।”

    उनले यो तरंगले सकारात्मक संकेत नगरेको भन्दै त्यही कारण सचेत हुन जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार