Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बझाङबाट झण्डै ५ किलो लागूऔषध बरामद, दीपक र आईते पक्राउ

    बझाङबाट झण्डै ५ किलो लागूऔषध बरामद, दीपक र आईते पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 1.1K
    SHARES

    बझाङ । बझाङमा लागूऔषध (चरेश)सहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको बित्थडचिर गाउँपालिकामा शुक्रबार दिउँसो चरेशसहित बुंगल नगरपालिकाका २ का २९ वर्षीय दीपक धामी र सवारी धनी ४५ वर्षीय आईते धामी पक्राउ परेका हुन् ।



    प्रहरीको टोलीले जयपृथ्वी राजमार्गको दुधढल्लास्थित एक इन्क्वायरी पोष्टमा बागथला-धनगढी मार्गमा जाँदै गरेको सुपप्र ०१-००१ च ३९३३ नम्बरको जीप चेकजाँच गर्दा ४ किलो ८४५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको हो ।



    लागू औषधसहित जीप र दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार