Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • रिलायन्सको कीर्ते प्रकरणः धितोपत्र बोर्डदेखि सिआइबीसम्म सेटिङ

    रिलायन्सको कीर्ते प्रकरणः धितोपत्र बोर्डदेखि सिआइबीसम्म सेटिङ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन (आइपिओ) प्रकरणको अनुसन्धानमा नेपाल धितोपत्र बोर्डदेखि प्रहरीसम्मको भूमिका शंकास्पद देखिएको छ ।

    सो कम्पनीले फर्जी कागजपत्र पेस गरी उच्च मूल्यमा आइपिओ जारी गरेको थियो । तर, विवादपछि हाल स्थगित छ । नाफा देखाएर न्यूनतम शेयर मूल्य उच्च राखेर आइपिओ जारी गरिएको थियो ।



    जून तथ्य विषय बाहिर आएपछि स्थगन भयो भने विभिन्न निकायले छानबिन थालेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत अनुसन्धान अघि बढाएको थियो ।



    तर, एक महिना नपुग्दै उसले अनुसन्धानमा मुल्तबीमा राखेपछि प्रश्न उठेको छ । सो कम्पनीका मालिक पवन गोल्यानले छानबिन रोक्न तीव्र चलखेल गरेका थिए ।

    नेपाल धितोपत्र बोर्डले समेत प्रारम्भिक छानबिन गरिसकेको छ । कम्पनीलाई क्लिनचिट दिने गरी छानबिन प्रतिवेदन बनेको स्रोत बताउँछ । कमजोरी देखाउँदा बोर्डमाथि नै प्रश्न उठ्ने भएपछि यसरी व्यापारीको पक्षमा प्रतिवेदन बनाइएको थियो ।

    सोही प्रतिवेदनलाई आधार बनाउन लगाएर सिआइबीको अनुसन्धान समेत रोकेर फेरि आइपिओ खुलाउने प्रयास भइरहेको छ ।
    तर, सो कम्पनीले नेपाल बिद्युत् प्राधिकरणलाई समेत बक्यौता तिरेको छैन ।

    सो बक्यौता दायित्व लेखा परीक्षण प्रतिवेदनमा नदेखाई आइपिओ जारी गर्न लागिएको थियो । जबकि प्राधिकरणले बोर्डमा पठाएको पत्रअनुसार कम्पनीको बक्यौताबापतको दायित्व एक अर्ब ९४ करोड छ ।

    तर, सो तथ्य लुकाएपछि प्राधिकरणले समेत आइपिओ रोक्न बोर्डलाई पत्राचार गरेको छ । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाको दरले रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गरेको थियो ।

    कम्पनीका सञ्चालकले बोर्डका पदाधिकारीलाई प्रभावमा पारी त्यसरी फर्जी कागजपत्रका आधारमा बुक बिल्डिङ गरेका थिए । यसबाट हजारौँ सर्वसाधारण ठगिने निश्चित थियो । अझै पनि त्यो प्रयास जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार