Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मर्स्याङ्दी बस दुर्घटना : बसमा सवार सबै यात्रु भेटिए, १८ जनाको मृत्यु

    मर्स्याङ्दी बस दुर्घटना : बसमा सवार सबै यात्रु भेटिए, १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 786
    SHARES

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।



    दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।



    पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल ल्याईएको थियो ।

    घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

    पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो ।

    यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेको थियो ।

    बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए। उनीहरू सबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार