Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • सशस्त्र प्रहरीका एसपी शाहूविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    सशस्त्र प्रहरीका एसपी शाहूविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 909
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी विरसिंह शाहूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले न.४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो।



    शाहूमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ।



    प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो।

    शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ।

    उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ। अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार