Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • मर्स्याङ्दी बस दुर्घटना

    चिकित्सको टोली लिएर दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

    चिकित्सको टोली लिएर दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाको हेलिकोप्टर मेडिकल टिमसहित लिएर बस दुर्घटनास्थलतर्फ गएको छ।

    मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो।



    पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसको थियो।



    दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। बसमा ४३ जना यात्रु रहेको खुलेको छ।

    अन्य यात्रुको भने खोजि जारी रहेको प्रहरीले जनाएको छ। उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार