Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

    मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 366
    SHARES

    तनहुँ । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।

    पृथ्वीराजमार्ग अन्तर्गत मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको हो ।



    दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।



    सशस्त्र प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

    आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

    कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार